काडमाडौं : अन्तरराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दैै सप्तरीका एक दर्जन संघ–संस्थाले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको नेतृत्वमा संघ–संस्थाले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्। रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर मनाइने अन्तरराष्ट्रिय न्याय दिवसका अवसरमा दण्डहीनता अन्त्य गरी पीडितहरूको न्याय सुनिश्