विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन

संसदीय सुनुवाइ समितिको बैठकले विष्णुपुकार श्रेष्ठको नाम चीनका लागि राजदूतमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले चीनका लागि राजदूतमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।बैठकले दक्षिण अफ्रिकाका लागि  दानबहादुर तामाङको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।  सरकारले राजदूतका लागि उनीहरूको नाम सिफारिस गरेको थियो ।