२९ भदौ, काठमाडौं । ट्वीटरका शेयरधनीहरुले एलन मस्कसँग भएको ४४ अर्ब डलरको सम्झौतालाई अनुमोदन गरेका छन् । अमेरिकाको सनफ्रान्सिस्कोमा रहेको मुख्यालयमा भएको कन्फ्रेन्सकलमार्फत भएको सम्मेलनले मस्कसँगको सम्झौतालाई अनुमोदन गरेको हो । शेयरधनीले सम्झौता अनुमोदन गरेसँगै अब ट्वीटरले कम्पनी किन्नका लागि मस्कलाई बाध्य बनाउन प्रयास गर्ने छ । त्यसका लागि ट्वीटरले अदालतको ढोकासमेत ढकढक्याउने छ । […]