काठमाडौं : धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले जनताको भोटलाई सहर्ष स्विकार गर्न उम्मेदवारलाई आग्रह गरेका छन्। आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा उनले जनताको मतलाई धाँधली नगर्न पनि सुझाव दिएका छन्।मतदाताले दिएको मतलाई च्यात्न खोज्ने र झगडा गर्न खोज्नेलाई प्रहरीले बुटैबुटले कुट्नुपर्ने उनले बताएका छन्।सामाजिक सञ्जालमा उनले लेखेका छन्,' अब जनताले जो जसलाई जति जति भोट दिएका छन्, त्यो सहर्ष स्वीकार गर्नु! रुन्चे र झेली नबन्नु! धाँधली गरेर मतपत्र च्यात्ने, झगडा गर्न ख