जनकपुरधाम : नेकपा माओवादी केन्द्र जसपा नेतृत्वको प्रदेश २ सरकारमा सहभागी नहुने जनाएको छ। वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका प्रदेश सभा सदस्य जगत यादवले पार्टी लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी नहुने जानकारी दिए।मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको हो। माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादी सरकारमा सहभागी नहुने जनाएको छ।माओवादी केन्द्रका सांसद जगत याद