माेरङ- निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेसँगै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले मोरङको ३ वटा निर्वाचन क्षेत्रको अनुगमन गरेको छ। विराटनगरस्थित प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले निर्वाचनको मिति नजिकिँदै जाँदा मोरङमा आचारसंहिताका घटना बढेको बताए। राजनीतिक दलहरूबाट आचारसंहिता पूर्णरूपमा पालना हुन नसकेको उल्लेख गर्दै अधिकारीले कार्यालयमा लिखित र मौखिक गरी १४ वटा उजुरी […]