८ भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगर क्षेत्रका विरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग निःशुल्क रगत उपलब्ध गराउनेबारे सहमति गरेको हो । रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया र पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवबीच निःशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ […]