काठमाण्डाै - दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् ।
आजदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । जन्मदर्ता वा परिचय खुल्ने सरकारी कागजात लिएर तोकिएको अस्पतालमा गए १२ देखि १८ वर्ष मुनिका बालबालिकाले खोप पाउने छन् ।
फाइजर खोपका लागि सरकारले यस अघि तोकेको २४ वटा अस्पतालमा जानु पर्ने हुन्छ ।...