सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको कोरोनाविरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि लगाउन सुरु गर्ने भएको छ । अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको एक लाख ६ हजार मात्रा फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै अन्य दीर्घरोगीले समेत फाइजर खोप पाउने भएका छन् । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार देशभरका २४ अस्पतालबाट फाइजर खोप दिइने छ । काठमाडौं उपत्यकाका ९ अस्पतालब