काठमाडौं : नेपालमा बालबालिकाहरूलाई समेत लगाउन मिल्ने कोरोना विरुद्धको फाइजर खोप दशैँअघि नै आइपुग्ने भएको छ।द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी)मार्फत अनुदानस्वरूप एक लाख ६३० डोज फाइजर खोप आउन लागेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए।उनका अनुसार खोप आइपुग्ने मिति भने टुंगो लागिसकेको छैन। तर, उक्त खोप दशैँअघि नै आइसक्ने उनले दाबी गरे। ‘ अब छुट्टै एक लाख डोज फाइजर खोप आउँदै छ, उक्त