श्रीलङ्काले ऋणबारे पुनर्विचार गर्न चीनसँग छलफल थाल्यो

आर्थिक सङ्कट भाेगिरहेकाे श्रीलङ्काले चीनसँगको ऋणमा पुनकर्जाको सुविधा प्रयोग गर्न छलफल थालेको छ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक सङ्कट र वैदेशिक ऋणको समस्यामा परेको श्रीलङ्काले चीनसँग पुनकर्जाको विषयमा छलफल थालेको समाचार संस्था रोयटर्सले जनाएको छ ।  श्रीलङ्काले चीनलाई साढे तीन अर्ब डलर तीन बाँकी रहेको छ । चीनको पुरानो ऋण तिर्न सहज बनाउने र नयाँ ऋणको विषयमा छलफल भइरहेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता नालाका गोदाहेवाले बताउनुभएको खबरमा उल्लेख छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले पनि गएको जनवरीमा चीनक...