काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा भएको विभत्स हत्याको प्रहरीले अनुसन्धान थालेको छ । घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो । घटनास्थलमा स्थानीय सरकारका प्रतिनिधिहरु पनि पुगेका छन् । घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिका मेयर कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको बताए । उनले रातोपाटीसँग भने, ‘तारकेश्वर