काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको शङ्का

काठमाण्डाै – काठमाण्डौको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घरमूली दिनेश...

सम्बन्धित सामग्री

काभ्रेस्थली घटना : श्रीमती र छोराछोरीको हत्या, त्यसपछि दिनेशद्वारा आत्महत्या!

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ स्थित पदमसालमा सोमवार बिहान एकै परिवारका चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। गोरखाको भिमसेन थापा गाउँपालिका वडा ६ अश्राङका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षे छोरा आशिकको शव फेला…

काभ्रेस्थली घटना : दुई दिनपछि युके जाने तयारीमा थिइन् श्रीमती

काठमाडौं : तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ। श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले थाहाखबरलाई बताए।उनले भने, ‘श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्था छ। श्रीमानको शव अर्को कोठामा देखिन्छ। त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिन्छ। तर, त्यसबारे प्रहरीले थप अनुसन्धानका लागि घटनास्थलमा खटिराख्नुभएको छ