काठमाडौं : पश्चिमी वायुको प्रभावले केही दिनदेखि बदली भएको मौसममा आजदेखि सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।अहिले प्रदेश नम्बर एक बाहेक अन्य स्थानको मौसम खुल्दै गएको मौसमविद् सजिना शाक्यले बताइन्। प्रदेश नम्बर एकमा भने आज दिनभर नै बदली भई केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकासहित देशका अधिकांस स्थानको मौसम बदली भई वर्षा र हिमपात हुँदा अत्यधिक चिसो बढेको छ। देशभरका सबै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभाव