विराटनगर : सप्तकोसीको पुलमा बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।ट्रक कोसी ब्यारेजको ९ र १० ढोकाबाट सप्तकोसी नदीमा खसेको जिल्ला कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए। उनका अनुसार आज बिहान करिब ७ : ४५ को समयमा पूर्वबाट पश्चिम तर्फ
काठमाडौँ,२२ मँसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा […]
काठमाडौँ । पूर्वी नवलपरासीको दाउन्नेदेवी मन्दिरनजिकै बस र ट्रक ठक्कर खाँदा २६ जना घाइते भएका छन् । पश्चिमबाट पूर्व आउँदै गरेको लु१ख ७८५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ८४० नम्बरको ट्रक एक आपसमा ठोकिएका हुन् । विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा मन्दिरनजिकै आज बिहान भएको दुर्घटनामा बस चालकसहित २६ जना घाइते […]
शुक्रबार राति सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक एकआपसमा ठोक्किदा आगो लागेको थियो । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुवै सवारीका चालकको शव जलेको छ । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका …
काठमाण्डाै - सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।
भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा बस र ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।