बस र ट्रक ठोक्किदा लाग्यो आगो, तीनजनाको मृत्यु

शुक्रबार राति सुनसरीको कोशी गाउँपालिका–१ मा बस र ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । बस र ट्रक एकआपसमा ठोक्किदा आगो लागेको थियो । मृत्यु हुनेमा बस र ट्रकका चालक छन् भने एक जना बसमा सवार यात्रु रहेका छन् । दुवै सवारीका चालकको शव जलेको छ । दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका …

सम्बन्धित सामग्री

ब्राजिलमा बस र ट्रक दुर्घटनामा २५ को मृत्यु

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।  बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा...

बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, २७ जना घाइते

बुधबार विहानबारामा यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना७ख ७३०० नंको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक  एकापसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका …

भारतमा बस र ट्रक ठोक्किदा १५ जनाकाे मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेशस्थित रीवामा बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा १५ यात्रुको ज्यान गएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । गएराती बस र ट्रक ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हैदरबादबाट गोरखपुर जाँदै गरेको बसमा झण्डै यात्रु रहेको जनाइएको छ । बसमा यात्रा गर्ने अधिकांश उत्तर प्रदेशका […]

सुनसरीमा बस र ट्रक आपसमा ठोक्किँदा आगलागी, तीनको मृत्यु, १३ घाइते

सुनसरीको लौकही नजिकै पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पूर्वतर्फ...

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगलागी‚ तीनजनाको मृत्यु

काठमाडौं : सुनसरीको कोशी गाउँपालिकास्थित लौकही सडकखण्डमा बस र ट्रक आपसमा ठोक्किँदा बस चालकसहित तीन जनाको मृत्यु भएको छ।शुक्रवार राति दुई सवारी साधन ठोकिएलगत्तै आगलागी भएको र बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। उनीहरुको विराटनगर र इनरुवाकाविभिन्न अस्पतालमा उपचार भइरहेको छ।आगलागीमा परी मृत्यु भएका तीनै जनाको परिचय खुलेको छैन। विपरीत दिशामा जाँदै गरेका बस र ट्रक ठोक्किँदा आगलागी भएको हो। ना ८ ख ८४९३ नम्बरको यात्रु बस र निर्माण सामग्री बोकेको

सुनसरीमा बस र ट्रक ठोक्किएसँगै आगलागी, दुईको मृत्यु

सुनसरीमा यात्रुबाहक बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार साँझ बस र ट्रक ठक्कर खाएपछि आगलागी भएको छ।   प्रहरीका अनुसार घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकाहीमा सो घटना भएको बताउँदै प्रहरीले उद्दार कार्य जारी रहेको जनाएको छ ।

गैडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

बिबेक भण्डारी नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख […]

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र ०२–००१ नंको यात्रुबाहक बस र ना ६ ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।  जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको ह

बस र ट्रक ठोक्कियो

​पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा गएराति (सोमबार) बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तुमा बस र ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्