महिला पत्रकारहरू आफूले सामाजिक सञ्जालमा फरक विचार राख्नेबित्तिकै नराम्रा म्यासेजले फेसबुक र ट्विटरका इन्बक्स भरिने गरेको बताउँछन्। उनीहरूका अनुसार पहिलेपहिले मौखिक अपमान सहनुपथ्र्याे, परिवर्तनका पक्षमा, समानता र समावेशिताका पक्षमा उभिँदा आसपासका आफन्त र छिमेकी वा परिचितहरूबाट दायरा नाघेको भन्दै चेतावनी आउने गथ्र्यो।