रत्ननगर महोत्सवमा माछा उत्पादनमा जोड दिइने

पूर्वी चितवनको रत्ननगरमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले बिहीवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक ...

सम्बन्धित सामग्री

गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु

भरतपुर : चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोको मृत्यु भएको हो। शनिबार साँझ  महतो डुंगाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

बजार खोज्दै स्वदेशी माछा दाना उद्योग

भरतपुर । मत्स्यपालक किसानको लगानीमा खुलेको चितवन सामुदायिक माछा दाना उद्योग पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । भारतीय तयारी दानासँग प्रतिस्पर्धा सहज नभएपछि उद्योग आंशिक रुपमा मात्र सञ्चालनमा आएको हो । गत साउनदेखि सञ्चालनमा आएको उद्योगले डुब्ने (सिंकिङ प्लेट) दाना र तैरिने (फ्लटिङ) दाना उत्पादन गर्दै आइरहेको छ । रत्ननगर उद्योग वाणिज्य संघको पहलमा […]

रत्ननगर महोत्सवमा माछा उत्पादनमा जोड दिइने

पूर्वी चितवनको रत्ननगरमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म आयोजना हुन लागेको ‘रत्ननगर महोत्सव’मा कृषि र माछा उत्पमादनमा जोड दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । प्रदर्शनीबारे जानकारी दिने उद्देश्यले बिहीवार रत्ननगरमा आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक ...

चितवनमा उत्पादित माछा दानाले बजार पाएन

पुस ५, चितवन । चितवनमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।  पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिए ।  उनले भने, ‘लागत मूल्य बढी पर्दा बजार पाउन सकेन ।’ नेपालमा उत्पादित दानाको मूल्य र आयातित दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उनको भनाइ छ ।  माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उनले दुखेसो गरे । उनले भने, ‘बजारमा माग हुन नसक्दा उत्पादन बढाउन सकिएन ।’ गत वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले हालसम्म करीब ४०० टन दाना विक्री गरेको उनले बताए । बजारमा स्वदेशी दानाको माग कमी हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिए ।  उनका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत रू. एक करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरी रू. १८ करोडको लगानीमा निर्माण गरिएको हो ।  रत्ननगर उद्योग वाणिज्य संघको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताए । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले बजार नपाउँदा व्यवसायी चिन्तित बनेका हुन । पाण्डेले भने, ‘परम्परागत दानाको भरमा व्यवसाय चलाउने गर्दा आधुनिक तयारी दानाले बजार पाउन नसकेको हो ।’ नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छूटको व्यवस्था गरिदिनु पर्छ ।’ जिल्लामा मात्र एक हजार ३०७ जना माछापालक किसान रहेका छन् । यहाँ गत वर्ष चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो ।  यस वर्ष ६ हजार ६५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।  नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौसम शुरु भएसँगै माछाले दाना कम खाने भएकाले बजारमा दाना विक्री नभएको बताए । उनले भने, ‘नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौसममा दाना कम प्रयोग हुने गर्दछ ।’ नेपालमा उत्पादित दानाको मूल्य केही महँगो भएका कारण पनि समस्या आएको उनको भनाइ छ ।  भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयातित दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना विक्री वितरणमा समस्या आएको उनले बताए । नेपालमा हाल १२ हजारभन्दा बढी व्यावसायिक रुपमा माछापालन गर्ने कृषक छन् । रासस

चितवनमा माछा खेती विकास गर्न करिब ३ करोडको बजेट

चितवन । चितवनमा माछा विकासका लागि दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत गरिएको छ ।      कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईंका अनुसार जिल्लाभर ७५ बिघा जलाशय निर्माणका लागि दुई करोड ५० लाख विनियोजन गरिएको हो । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्लामा माछा प्रवद्र्धन कार्यक्रममा चालू आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको हो । उनका अनुसार अनुदान कार्यक्रममा मात्रै पाँच करोड ५० लाख छुट्याइएको छ । कार्यालयले चालू आर्थिक वर्षमा बाख्रा, गाईभैंसी प्रवद्र्धन र यान्त्रीकरणमा पनि जोड दिएको छ । बाख्रा प्रवर्द्धनअन्तर्गत ७५ लाख बजेट रहेको चापागाईंले बताए । त्यस्तै, भरतपुर महानगरपालिका–२७ मा भैंसी प्रवर्द्धन गर्न १५ लाख, रत्ननगर नगरपालिका–२ मा गाई प्रवद्र्धन गर्न १५ लाख, कवुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवर्द्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको उनले जानकारी दिए । कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत साना कृषक लक्षित ३५ लाख र मझौला कृषक लक्षित गाईभैंसी प्रवद्र्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । रासस

व्यावसायिक पशुपालन कार्यक्रमका लागि ८ करोड बजेट

भदौ, ३, चितवन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । माछा, पशु तथा पशुपन्छी विकास र पशु स्वास्थ्यका कार्यक्रमलाई लक्षित गर्दै कार्यालयले आइतवार एक कार्यक्रमका बीच सात करोड ८४ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनको चालू खर्च मात्रै सात करोड ४६ लाख ४० हजार रहेको छ । त्यस्तै पूँजीगत खर्च ३७ लाख ९५ हजार रुपैयाँ रहेको कार्यालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईले जानकारी दिए । उनका अनुसार अनुदानका कार्यक्रम मात्रै साढे पाँच करोड रुपैयाँ बराबरका छन् । कार्यालयले यो आर्थिक वर्ष बाख्रा, गाईभैसी प्रव्र्द्धनसँगै यान्त्रीकरणलाई पनि जोड दिएको छ । बाख्रा प्रवर्द्धन अन्तगर्त ७५ लाख रुपैयाँ बजेट रहेको चापागाइँले बताए ।  त्यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २७ मा भैँसीपालन प्रवर्द्धन कार्यक्रमका लागि १५ लाख, रत्ननगर नगरपालिका वडा नम्बर २ मा गाईपालन प्रवर्द्धन गर्न १५ लाख, कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवर्द्धनका लागि १९ लाख ६६ हजार रुपैयाँ मन्त्रालयबाट स्वीकृत भएको डा चापागाईंले जानकारी दिए  । कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैँसी प्रवर्द्धनको कार्यक्रम पनि राखेको छ । साना कृषक लक्षित गाईभँैसी प्रवर्द्धनमा ३५ लाख र मझौला कृषक लक्षित गाईभैँसी प्रवर्द्धन कार्यक्रममा ३२ लाख रुपैयाँ बजेट छुट्याईएकोे छ । मत्स्य पोखरी क्षेत्र विस्तारका लागि दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको कार्यालयले जानकारी दिएको छ । जैविक सुरक्षासहितको खोर, गोठ निर्माण सुधारका लागि ४० लाख रुपैयाँ रकम छुट्याईएकोे छ । यसैगरी, पशु स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न ३६ लाख ७९ हजार रुपैयाँ बजेट स्वीकृत भएको छ । ‘संघीय सरकारको समन्वयमा गाईभैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप कार्यक्रममा २२ लाख रुपैयाँ विनियोजन भएर आएको छ’, चापागाईले भने, ‘पशुपन्छीमा लाग्ने संक्रमक रोग विरुद्धको खोप, बर्डफ्लू नियन्त्रण, इपिडेमियोलोजिकल रिपोर्टिङलगायतका शीर्षकमा १४ लाख ७९ हजार रुपैयाँ छ ।’ चितवन माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर रहेको छ ।  चितवनमा माछापोखरी एक हजार ५००, मत्स्य ह्याचरी १०, माछा दाना उद्योग १, ह्याचरी १०५, दुग्ध उत्पादन सहकारी संस्था १०९, दुग्ध प्रशोधन केन्द्र ८, पशुपन्छी उद्योग २ ओटा रहेको तथ्यांक छ ।  कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम सार्वजनीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पशुपालनका लागि चितवन सम्भावना धेरै रहेको जिल्ला भएकाले किसान र निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारी, साना तथा घरेलु उद्योग कार्यालयका यादव आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख विनोद भट्टराई, कृषि ज्ञान केन्द्र चितवनका प्रसार प्रसार अधिकृत मिनबहादुर लगायतको सहभागिता रहेको थियो ।

निषेधाज्ञाको प्रभावले माछा व्यवसायमा ८० प्रतिशत ह्रास

चितवन । कोभिड नियन्त्रणका लागि करीब डेढ महीनादेखि लागू गरिएको निषेधाज्ञाको प्रभावले चितवनको माछा व्यवसायमा ठूलो ह्रास आएको छ । नेपाल मत्स्य व्यवसायी महासंघका अनुसार माछा व्यवसाय चितवनसहित देशभर समग्रमा ८० प्रतिशत घटेको छ । निषेधाज्ञापछि  होटल, रेष्टुराँ, विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । ‘निषेधाज्ञापछि माछा विक्रीमा झण्डै ८० प्रतिशत कमी आएको छ,’ महासंघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भने । स्थानीय प्रशासनले माछा खरीदविक्रीमा छोटो समय लागू गरेको र बिहानको समयमा खुला गरिएकाले माग अनुसार विक्री गर्न नसकिएको अधिकारीको भनाइ छ । उनका अनुसार दिउँसोको समयमा पोखरीबाट निकालेर बेलुका पसलमा विक्री गर्दा कारोबार प्रभावकारी र व्यावहारिक हुनेछ । नेपाल मत्स्य व्यवसायी संघ, चितवनका उपाध्यक्ष लुलाराज तामाङ निषेधाज्ञाको शुरुआती समयमा अन्योलको अवस्था रहे पनि पछिल्लो समय ढुवानी र माछाको दानाका लागि भने सहज भएको बताउँछन् । ‘माछा उत्पादन पनि राम्रै छ, माग पनि छ तर उपभोक्तासम्म पु¥याउन सकिएको छैन,’ तामाङले भने, ‘पसल नै खुल्न नपाएपछि विक्री कसरी हुन्छ र ?’ यसैबीच, उत्पादन बढ्दै गएपछि पोखरीमा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेका छन् । तयार भएका माछा किसानले पोखरीबाट निकाल्न नपाउँदा अक्सिजनको अभाव भएको हो । रत्ननगर नगरपालिका–९ का किसान भरत महतो विक्रीका लागि तयारी माछा निकाल्न नपाउँदा र माछाको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भई माछा मर्न थालेको बताउँछन् । ‘माछाको उत्पादन, आकार र वजन पनि बढेको छ, अर्डर नआई निकाल्न मिल्दैन,’ उनले भने, ‘पोखरी साँघुरो भएर माछा मर्न थाले ।’ उनका अनुसार माछामा हाल कुनै रोग तथा दानाको अभाव नभए पनि प्रायः बिहानको समयमा अक्सिजन कम भएर माछा मर्न थालेका हुन् । भरतपुर महानगरपालिका–२६ का किसान खगेन्द्र सुवेदी निषेधाज्ञाअघि नै तयार भएका माछा हालसम्म पनि विक्री नभएपछि अक्सिजनको अभाव भएको बताउँछन् । ‘एउटै पोखरीमा ठूला र साना माछा खचाखच छन्,’ उनले भने, ‘जसले गर्दा पोखरीमा अक्सिजनको मात्रा पर्याप्त हुँदैन ।’ संघका अध्यक्ष समेत रहेका सुवेदीले पानीको तह बढ्दा माछा निकाल्न नसकिने र घट्दा अक्सिजनको अभावले माछा मर्न थालेको बताए । ‘अहिले विक्री भन्दा पनि माछा कसरी बचाउने भन्ने मुख्य चुनौती छ,’ उनले भने, निषेधाज्ञा खुकुलो भयो भने नोक्सान कम होला ।’ संघका अनुसार चितवनमा २ हजार ३८६ वटा माछापोखरी छन्, जहाँ ८५४ हेक्टरमा माछापालन हुँदै आएको छ । जिल्लामा १ हजार ३०० माछापालक किसान छन् । महासंघका अनुसार देशभर २० हजारभन्दा बढी माछापालक किसान छन् । वार्षिक १० अर्बको हाराहारीमा माछाको कारोबार हुँदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले धानेको छ । मागको २० प्रतिशत भने भारत लगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ ।

निषेधाज्ञापछि देशभरमा माछाको कारोबारमा ८० % ले गिरावट

जेठ २२, चितवन । झण्डै डेढ महीनादेखिको निषेधाज्ञाले माछाको कारोबारमा गिरावट आएको छ । नेपाल मत्यस्य व्यवसायी महासंघका अनुसार चितवनमा मात्र नभई देशभरनै ८० प्रतिशतको हाराहारीमा कारोबारमा कमी आएको हो  । निषेधाज्ञा भएपछि  होटल, रेष्टुँरा , विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । ‘निषेधाज्ञापछि झण्डै ८० प्रतिशत माछा विक्री हुन सकेको छैन’, महासंघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले भने, ‘सहजरुपमा विक्री गर्नका लागि पसल खोल्न नपाउँदा असर परेको हो ।’ स्थानीय प्रशासनले माछा खरीद बिक्री गर्ने समय छोटो समय लागू गरेको र बिहानको समयमा खुल्ला गरिएको कारण माग अनुसार बिक्री गर्न नसकिएको अधिकारीको भनाइ छ ।  उनका अनुसार दिउँसोको समयमा पोखरीबाट निकालेर बेलुका पसलमा विक्री गर्दा कारोबार प्रभावकारी र व्यवहारिक हुनेछ । नेपाल मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष लुलाराज तामाङ्ग निशेधाज्ञाको शुरुवाती समयमा अन्यौलको अवस्था रहेपनि पछिल्लो समय ढुवानी र माछाको दानाको लागि भने  सहज भएको बताउँछन् । ‘माछा उत्पादन पनि राम्रै छ, माग पनि छ तर उपभोक्ताको घर पुरयाउन सकिएको छैन’, तामाङ्गले भने पसलनै खुल्न नपाएपछि बिक्री कसरी हुन्छ र ?’ अक्सिजनको अभावले माछा मर्न थाले    उत्पादन बढ्दै गएपछि पोखरीमा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेका छन् । तयार भएका माछा किसानले पोखरीबाट निकाल्न नपाउँदा अक्सिजनको अभाव भएको हो । रत्ननगर नगरपालिका वडा नम्बर ९ का किसान भरत महत्तो विक्रीका लागि तयारी माछा निकाल्न नपाउँदा र माछाको संख्या बढ्दै जाँदा अक्सिजन अभाव भएर माछा मर्न थालेको बताउँछन् ।  भरतपुर महानगरपालिका वडा नम्बर २६ का किसान खगेन्द्र सुबेदी निशेधाज्ञा अघिनै तयार भएका माछा हालसम्म पनि बिक्री नभएपछि अक्सिजनको अभाव भएको  बताउँछन् । ‘एउटै पोखरीमा ठूला र साना माछा खचाखच छन’, उनले भने, ‘जसलेगर्दा  पोखरीमा अक्सिजनको मात्रा पर्याप्त हुँदैन  । संघका अध्यक्षसमेत रहेका सुबेदीले पानीको तह बढ्दा माछा निकाल्न नसकिने र घट्दा अक्सिजनको अभाव हुँदा माछा मर्न थालेको बताए । उनले भने, ‘अहिले विक्रीभन्दा पनि माछा कसरी बचाउने भन्ने मुख्य चुनौति छ, उनले भने, निशेधाज्ञा खुकुलो भयो भने नोक्सान कम होला ।’  संघका अनुसार चितवनमा २ हजार ३सय ८६ ओटा पोखरी छन्, जहांँ ८५४ हेक्टरमा माछापालन हुदै आएको छ भने यहांँ १ हजार ३०० जना माछापालक किसान रहेका छन् ।  महासंघका अनुसार देशभर २० हजारभन्दा बढी माछापालक किसान रहेका छन् । वार्षिक १० अर्ब रुपैयाँको हाराहारीमा माछाको कारोबार हँुदै आएको छ भने देशको कुल मागको ८० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको छ । २० प्रतिशत माछा मात्रै भारतलगायत अन्य देशबाट आउने गरेको महासंघले बताएको छ ।

परराष्ट्रमन्त्री महराद्वारा माछाको दाना उत्पादन उद्योग उद्घाटन

असोज २६ । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास गरेका छन् । रत्ननगर नगरपालिका–१६ स्थित...

उपप्रधानमन्त्री महराद्वारा माछा दाना उद्योगको शिलान्यास

चितवन, २६ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आज चितवनको रत्ननगरमा निर्माण गर्न लागिएको सामुदायिक माछा दाना उद्योगको शिलान्यास गर्नुभएको छ । रत्ननगर नगरपालिका–१६ स्थित रायमाझी टोलमा स्थापना गर्न लागिएको ...