चितवनमा उत्पादित माछा दानाले बजार पाएन

पुस ५, चितवन । चितवनमा उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ । मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।  पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ । उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिए ।  उनले भने, ‘लागत मूल्य बढी पर्दा बजार पाउन सकेन ।’ नेपालमा उत्पादित दानाको मूल्य र आयातित दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उनको भनाइ छ ।  माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उनले दुखेसो गरे । उनले भने, ‘बजारमा माग हुन नसक्दा उत्पादन बढाउन सकिएन ।’ गत वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले हालसम्म करीब ४०० टन दाना विक्री गरेको उनले बताए । बजारमा स्वदेशी दानाको माग कमी हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिए ।  उनका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो । नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत रू. एक करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरी रू. १८ करोडको लगानीमा निर्माण गरिएको हो ।  रत्ननगर उद्योग वाणिज्य संघको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताए । चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले बजार नपाउँदा व्यवसायी चिन्तित बनेका हुन । पाण्डेले भने, ‘परम्परागत दानाको भरमा व्यवसाय चलाउने गर्दा आधुनिक तयारी दानाले बजार पाउन नसकेको हो ।’ नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छूटको व्यवस्था गरिदिनु पर्छ ।’ जिल्लामा मात्र एक हजार ३०७ जना माछापालक किसान रहेका छन् । यहाँ गत वर्ष चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो ।  यस वर्ष ६ हजार ६५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।  नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौसम शुरु भएसँगै माछाले दाना कम खाने भएकाले बजारमा दाना विक्री नभएको बताए । उनले भने, ‘नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौसममा दाना कम प्रयोग हुने गर्दछ ।’ नेपालमा उत्पादित दानाको मूल्य केही महँगो भएका कारण पनि समस्या आएको उनको भनाइ छ ।  भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयातित दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना विक्री वितरणमा समस्या आएको उनले बताए । नेपालमा हाल १२ हजारभन्दा बढी व्यावसायिक रुपमा माछापालन गर्ने कृषक छन् । रासस

सम्बन्धित सामग्री

‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’

गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उनलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो । माछा उत्पादन सुरूभएपछि भने व्यवसाय सुरू गर्नुभन्दा अगाडिको जस्तो चिन्ता कहिल्यै गर्नुनपरेको उनले बताए […]

‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’

गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उहाँलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो ।

चितवन माछा, मासु, दुध र अन्डामा आत्मनिर्भर

माछा, मासु, दुध र अन्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ। यहाँ उत्पादित माछा, मासु, दुध र अन्डा प्रतिव्यक्ति

भारतबाट भित्र्याएको साढे २ क्वीन्टल माछा प्रहरी चौकीमै गाडियो

रौतहट : रौतहट प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको अढाई क्वीन्टल माछा नष्ट गरेको छ।विशेष सूचनाका आधारमा गढीमाई नगरपालिका ७ धर्मपुरबाट बरामद गरिएको माछा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले नष्ट गरेको हो। माछा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर विभिन्न जातका भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याउँदै आएका छन्।नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले तस्करले भारत आन्ध्र प

हेटौंडामा उत्पादित माछाको भुरा भारत निर्यात

बागमती । मकवानपुरको हेटौंडामा उत्पादित विभिन्न विकासे जातका माछाका भुरा भारत निर्यात भइरहेको छ । नेपालसगँको सीमा क्षेत्रका भारतीय  किसानले माछाका भुरा लाने गरेको यहाँस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले जनाएको छ ।  भारतीय किसानले बारा, पर्सा र रौतहटका किसानमार्फत राम्रो नश्लका सो भुरा लैजाने गरेको सम्बद्ध कर्मचारीले जनाए । प्राप्त जानकारी अनुसार १० लाखभन्दा बढी माछाका भुरा भारतमा जाने गरेको छ । त्यस्तै माछासमेत खरीदगरी भारतमा लैजाने गरेको बताइएको छ । कार्यालयबाट प्राप्त जानकारी अनुसार चालु आर्थिक वर्षको असार १० सम्म चार करोड ३५ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरी विक्री वितरण गरिएको छ ।  केन्द्र प्रमुख सरोज यादवका अनुसार किसानको मागबमोजिम विगतको तुलनामा माछाको भुरा उत्पादन र विक्री बढ्दै गएको छ । विगतमा प्रत्येक वर्ष तीन करोडदेखि तीन करोड ३४ लाख माछाको भुरा उत्पादन तथा विक्री हुँदै आएकामा व्यवस्थापनमा सुधार आएपछि यस वर्ष माछा र भुराको उत्पादन वृद्धि गरिएको हो । त्यसका लागि कार्यालयमा भएका पोखरी मर्मत र सुधार गरिएको छ । केन्द्र प्रमुख यादवले थप भुरा र माछा उत्पादनका लागि पोखरीको क्षमता विकास, सरसफाइ, मर्मत र निमार्णको कामलाई निरन्तरता दिइएको जानकारी दिए । यहाँ रहेको माछा फार्मबाट सात जातका विकासे माछा प्रजनन गरी भुरा विक्री गर्दै आइएको छ । हाल स्थानीय लोपोन्मुख सहर तथा गर्दीजातको रङ्गीन कोई कार्प माछा प्रजनन तथा विक्री वितरणको क्रममा छ ।  कार्यालयका अनुसार न्यानो पानीमा फस्टाउने सरकारीस्तरबाट सिफारिश गरिएका विभिन्न स्वदेशी माछा, रहु, नैनी, माकुर तथा विदेशी माछा कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रप्स कार्पसहित सात जातका भुरा उत्पादन गरी विभिन्न जिल्लाका माछा किसानलाई विक्री वितरण गरिएको छ । आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म वार्षिक रु पाँच लाखभन्दा बढी माछा र भुरा विक्रीबाट कार्यालयको राजस्व बढ्दै गएको छ । चालु आर्थिक वर्षमा उक्त केन्द्रले रु ३१ लाखभन्दा बढीको माछा र भुरा वितरण गरेको छ । साथै हेटौंडा र चितवनसहित २२ जिल्लामा पनि माछाका भुरा विक्री हुने गरेको छ ।  एकीकृत मत्स्यपालन प्रणालीअन्तर्गत बङ्गुरपालन प्रणालीको शुरुआत गरिएको छ भने भौतिक संरचना सुधारका साथै आठओटा जीर्ण पोखरी मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी बलराम अधिकरीले बताए ।     मत्स्य सङ्ग्रहालयअन्तर्गत संरक्षित माछाको नमुना र लिभफिश म्युजियम स्थापना तथा सञ्चालनको प्रक्रिया अगाडि बढाइएको प्रमुख यादवले जानकारी दिए । ‘आर्थिक वर्ष ०७५/७६ देखि प्राकृतिक जलाशय जातीय विविधतासम्बन्धी अध्ययन अनुसन्धानको क्रममा राप्ती नदी, श्यार्फु ताल, बागमती नदी, सामरी नदी, बकैया नदी, अरुण नदी, कोशी नदी, कर्णाली नदी, बेगनास ताललगायत नदी तथा तालमा माछाको विविधतासम्बन्धी जाँच तथा अभिलेख राखिएको छ ।’ यसबाट ४५ प्रजातिका माछाका नमुना सङ्कलन गरिनाका साथै पानीको गुणस्तरसमेत जाँच गरिएको कार्यालयले जनाएको छ । ग्रासकार्प माछाको आहारको रूपमा पोखरीको डिलमा उन्नत तथा पोसिलो जातका घाँसजस्तै नेपियर वर्षीम, केरा, सुडान, जै घाँसबाट माछाको आहारमा लाग्ने लागतको तुलनात्मक अध्ययन भइरहेको छ । जलीय विविधता एवम् प्रवर्द्धन तथा प्राकृतिक जलाशयमा आश्रित जनसमुदायको सामाजिक स्तरोन्नति र जीविकोपार्जनसँग सम्बन्धित विभिन्न किसिमका कार्यक्रमजस्तै खोला नालामा स्थानीय जातका भुरा छाड्ने जनचेतनामूलक होर्डिङ बोर्ड, गोष्ठी, सभालगायत कार्यक्रम गर्दै आएको सो कार्यालयले जनाएको छ । काठमाडौं तथा स्थानीय हेटौंडा बजारका लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले २०२४ सालमा स्थापित सो केन्द्रको समयसापेक्ष काम र नाममा परिर्वतन हुँदै आएको छ । उक्त केन्द्रअन्तर्गत ४७ दशमलव नौ हेक्टर जमिनमा माछा पोखरी छ । रासस

भोलिदेखि पोखरामा लेखनाथ महोत्सव

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पोखराको तालचोकमा भोलि (बिहीबार)देखि १८औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । महोत्सवमा ३ सय ३७ वटा स्टल रहने छन् । १८ पुससम्म सञ्चालन हुने उक्त महोत्सवमा फुड फेस्टिबल, औद्योगिक व्यापार मेला, अटोमोबाइल प्रदर्शनी, वित्तीय, सेवामूलक, स्थानीय क्षेत्रमा उत्पादित वस्तु, सुन्तला, माछा, मौरी, कफि, दुग्ध उत्पादनसहित […]

धनगढीमा भारतीय माछा छ्यापछ्याप्ती, स्थानीय कृषक मारमा

कैलालीको कैलारी गाउँपालिका–७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले १० कठ्ठा जमिनलाई पोखरी बनाएर गत वर्षदेखि माछापालन व्यवसाय थालेका छन् । हाल उनको पोखरीमा उत्पादित माछा बजारको पर्खाइमा छ । तर स्थानीय उत्पादनभन्दा भारतीय माछा बजारमा छ्यापछ्याप्ती बिक्रीवितरण हुन थालेपछि बजार पाउनै नसकिएको वडाध्यक्ष चौधरीले गुनासो गरे । वडाध्यक्ष चौधरीले भने, ‘भदौ महिनामै माछा तयार छन् तर बजार पाउनै सकेका छैनौं । जुनकारण उत्पादन लागत बढेको बढ्यै छ । खुला सीमाका कारण भारतबाट हुने तस्करीको माछाले गर्दा बजार पाउनै आपत भयो ।&rsq...

सुनसरीमा उत्पादित माछाको काठमाडौंमा बिक्री सुरु

काठमाडौं : काभ्रेको बनेपा र भक्तपुरको देकोचामा दुई बिक्री केन्द्र खोलेर सुनसरीको आर एन्ड आर एग्रो प्रालिले माछाको बेचबिखन सुरु गरेको छ। स्वस्थ्य, अर्गानिक र ताजा माछा उपभोक्तामाझ पुर्‍याउन अत्याधुनिक र स्तरीय बिक्री केन्द्र खोलेको प्रालिले जनाएको छ। प्रालिले सुनसरीको इनरुवा, इटहरी, बलाहा र मोरङको तकिया, झोराहाट तथा बर्जुमा करिब १ सय २५ बिगाहामा माछापालन गरिरहेको छ। उसले आफ्ना उत्पादन बेचबिखनका लागि  'द फिस किङ' नामको बिक्री केन्द्र भक

इटहरीमा नेपालमा प्रतिबन्धित माछा ‘क्याट फिस’ बरामद

मानव स्वास्थ्य र वातावरणलाई प्रतिकुल असर पुग्ने मागुर माछा ‘क्याट फिस’ सुनसरी प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ भारतमा उत्पादित तर नेपालमा प्रतिवन्धित मागुर माछा इनरुवाबाट पक्राउ गरेको हो।

मलेखुका स्वादिष्ट माछा

जाडो मौसममा माछा खानु स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिने र स्थानीय स्तरमा उत्पादित माछाका साथै त्रिशूली नदीमा जाल हानेर निकालिएका लोकल माछा पाइने हुनाले मलेखु क्षेत्रमा माछा खान आउनेहरूको चहल पहल बाक्लिन्छ ।