हिउँमा फसेका १४ जनाको नेपाली सेनाले गर्यो उद्धार

काठमाडौं : रुकुम पूर्वमा एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरलाई नेपाली सेनाको पश्चिम एयर वेश सुर्खेतबाट गएको हेलिकोप्टरले सकुशल उद्धार गरेको छ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको घुसदुङमा हिउँमा फसेका सबै जनाको सकुशल हवाई उद्धार गरिएको हो।नेपाली सेनाको पश्चिम एयरवेश सुर्खेतबाट प्रमुख सेनानी रचन श्रेष्ठको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री,

सम्बन्धित सामग्री

नेपाली र अमेरिकी सेनाले गरे संयुक्त केबलकार उद्धार अभ्यास

काठमाडौं : नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ। चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा…

पहिरोमा फसेका इजरायली नागरिकको हेलिकोप्टरमार्फत उद्धार

गोरखा- पहिरोमा फसेका दुई जना इजरायली नागरिकसहित आठ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा बिहीबार आएको पहिरोमा दुई जना इजरायली नागरिक र छ जना नेपाली नागरिक फसेका थिए । उनीहरुलाई आज नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ ल्याएको हो । उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य भएको नेपाली सेनाले जनाएको […]

मनास्लु ईलाकामा फसेका पर्यटकको नेपाली सेनाद्वारा उद्दार

काठमाडौं : गोरखास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण फसेका दुई इजरायली नागरिकसहित ८ जनाको सकुशल उद्दार गरिएको छ।हिजोदेखि फसेका उनीहरुलाई नेपाली सेनाको टोलीले दुईजना इजरायली नागरिकहरु ओरी ओरअफ र यरीभ बोर्टसहित ६ जना नेपालीलाई आज साँझ उद्धार गरेको हो।नेपाली नागरिकहरु तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई सेनाको दुई हेलिकप्टरमार्फत उद्दार गरिएको नेपाली सेनाले जनाएको छ।उद्दार गरिएका आठै जनाको अवस्था सामान्य रहेको छ।

सेनाद्वारा मनास्लु इलाकामा फसेका व्यक्तिहरूको उद्धार

काठमाडौँ – केही दिनदेखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकको नेपाली सेनाले उद्धार गरेको छ। उक्त पहिरोमा फसेका ओरी ओरअफ र यरीभ बोर्ट तथा ६ जना नेपाली नागरिक तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र […]

नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार

विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।ओरी ओरअफ  र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानक

महाकालीमा फसेका पाँच जनाकाे २२ घण्टापछि उद्धार

कञ्चनपुर – नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि उद्धार गरेको छ ।लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत उद्धार गरेको हो ।हिजाे साेमवार बेलुकीदेखि महाकाली बस्तीमा उर्लिएपछि कुखुरा र गाउँ गोठको रेखदेख गर्न गएका उनीहरू बाढी आएपछि त्यहीँ फसेका हुन् । आज मङ्गलवार बिहानैदेखि सेनाको टोली उद्धारका लागि त्यहाँ जान खोजे पनि प्रतिकूल मौसमका...

बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द

सुनसरी– सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए । यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका […]

सेनाको होलिकोप्टरद्वारा महाकालीको बाढीमा फसेकाको उद्धार (भिडियोसहित)

काठमाडौं, २ कात्तिक । नेपाली सेनाले महाकालीको बाढीमा फसेकाको उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले आज कञ्चनपुरको भिमदत्त नगरपालिका ९ मा महाकालीको बाढीमा फसेका ५ जनाको उद्धार गरेको हो । सेनाका अनुसार उद्धार गरिएका सबै स्थानीय हुन् । सेनाले देशभर बाढीपहिरोमा परेकाको धमाधम उद्धार गरिरहेको छ । Nepali Army has successfully rescued 5 individuals, stranded […]

मेलम्ची आयोजनाका ७६ कामदारको सकुशल उद्धार, कम्तीमा ६ जना बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरेको  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।उनका अनुसार बाढीमा फसेका ४७ जना कामदारहरूलाई उद्धार गरी अहिले धुलिखेल अस्पतालमा राखिएको छ। उनले भने,‘अझै ६ जना कामदार सम्पर्कविहीन भएको खबर आएको छ,तर आधिकारिक पुष्टि हुन सकेको छैन,बाढीले यहाँका ७ स्थानीय बेपत्ता भएका छन्, दुई जनाको

होटलमा फसेका २ जनालाई सेनाले यसरी गर्‍यो उद्धार

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजारको १ होटलमा फसेका २ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलको छतमा गुहार मागिरहेका उनीहरूलाई बुधवार बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो ।  मंगलवार रातिदेखि आएको बाढीले होटलको भूइँतला डुबाएपछि उनीहरू होटलको छतमा बसेका थिए । मेलम्ची बजार आसपासमा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ । बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन ।