होटलमा फसेका २ जनालाई सेनाले यसरी गर्‍यो उद्धार

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची बजारको १ होटलमा फसेका २ जना कामदारलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलको छतमा गुहार मागिरहेका उनीहरूलाई बुधवार बिहान नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको हो ।  मंगलवार रातिदेखि आएको बाढीले होटलको भूइँतला डुबाएपछि उनीहरू होटलको छतमा बसेका थिए । मेलम्ची बजार आसपासमा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली बिहानैदेखि खटिएको छ । बाढीका कारण केही मानिस बेपत्ता भए पनि संख्या यकिन भएको छैन ।

सम्बन्धित सामग्री

लालबकैयाको बाढीमा फसेका किसानलाई सेनाले उद्धार गर्‍यो

रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण फसेका स्थानीय किसानलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

हिउँमा फसेका १४ जनाको नेपाली सेनाले गर्यो उद्धार

काठमाडौं : रुकुम पूर्वमा एक सातादेखि हिउँमा फसेका १४ जना मजदुरलाई नेपाली सेनाको पश्चिम एयर वेश सुर्खेतबाट गएको हेलिकोप्टरले सकुशल उद्धार गरेको छ। रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्माको घुसदुङमा हिउँमा फसेका सबै जनाको सकुशल हवाई उद्धार गरिएको हो।नेपाली सेनाको पश्चिम एयरवेश सुर्खेतबाट प्रमुख सेनानी रचन श्रेष्ठको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले हिउँमा फसेका जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री,