सुर्खेत : खेतीपातीको सिजनमा रासायनिक मल (युरिया)को अभाव देखिएको छ। किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन्।अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ। सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो।जेठ र असारमा धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए। उनका अनुसार धान रोपाइँको लागि मात्रै युर