धान रोप्ने बेलामा मल अभाव नहुने दाबी

सरकारले यो वर्ष धान रोप्ने बेलामा बजारमा रासायनिक मल अभाव नहुने दाबी गरेको छ ।समयमै मलको आयात भई पर्याप्त मात्रामा मौज्दात गरेकाले पनि बजारमा मल अभाव नहुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष धान रोप्ने बेला मलको चरम अभाव भएको थियो । यो वर्ष बंगलादेशबाट र टेन्डर आह्वान गरेको मल समयमा […]

सम्बन्धित सामग्री

प्रांगारिक मल कारखाना खोल्दै गोल्छा समूह, 'रासायनिक मल प्रतिस्थापन गरिने'

काठमाडौं । दर्जनौं उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएको मुलुकको व्यावसायिक घराना गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने भएको छ । युरिया, डीएपीजस्ता रासायनिक मलको उच्चतम प्रयोगका कारण माटोमा भएको उर्वराशक्ति कमजोर बन्दै गएको भन्दै त्यसको प्रतिस्थापनका लागि गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको हो । दिवाकर गोल्छा कोर्पका निर्देशक हितेश गोल्छाले आर्थिक अभियानसँगको कुराकानीमा सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा नेपाली किसानले हरेक वर्ष खेतीपातीको समयमा मलको समस्या झेल्नुपरेको बताए ।  त्यसमाथि रासायनिक मलको उच्चतम प्रयोगबाट माटोको उर्वराशक्ति पनि घट्दै गएकाले त्यसको प्रतिस्थापनका लागि गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको उनले जानकारी दिए । ‘हामीसँग प्रांगारिक मल कारखाना खोल्ने योजना छ । त्यसमा प्राविधिक सहकार्यका लागि भारतका विभिन्न मल उत्पादन गर्ने कम्पनीसँग कुरा भइरहेको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘अबको केही महीनाभित्रै हामीले कारखाना स्थापना गर्ने गरी योजना अघि बढाएका छौं । हाम्रो मुख्य उद्देश्य भनेको रासायनिक मल प्रतिस्थापन गर्ने हो ।’  नेपाली किसानका लाागि मलको समस्या अहिले सबैभन्दा जटिल बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा किसानको समस्या समाधान नगरीकन उद्योगीका समस्या पनि समाधान हुन सक्दैनन् भन्ने निष्कर्षमा पुगेर गोल्छा समूहले प्रांगारिक मल कारखाना स्थापनाका लागि सरकारसँग अनुमतिसमेत लिइसकेको उनले बताए । कारखाना कुन ठाउँमा खोल्ने, कति लगानी आवश्यक पर्छ र कति मान्छेले रोजगारी पाउँछन् जस्ता पक्षबारे भने अहिले नै बताउन नसकिने उनको भनाइ छ ।  नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजन धान रोप्ने बेला किसानले वर्षेनि मलको समस्या झेल्दै आएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपालमा वर्षमा करीब ७ लाख मेट्रिक टन मल आवश्यक छ । कम प्रयोग गर्दा पनि ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने बताइएको छ । तर, नेपालमा मल आयातको अवस्था हेर्ने हो भने कुनै पनि वर्ष ४ लाख २० हजार मेट्रिक टनभन्दा माथि गएको देखिँदैन ।  यस्तो अवस्थामा गोल्छा समूहले खोल्न लागेको मल कारखानाले नेपाली किसानलाई धेरै हदसम्म सहज हुने अपेक्षा गरिएको छ । नेपालमा जब जब मल अभाव चर्किन्छ तब तब मल कारखाना खोल्ने कुराले निकै चर्चा बटुल्ने गर्छ । तर, त्यसतर्फ ठोस काम भने अहिलेसम्म भएको छैन । नेपालमा रासायनिक मल कारखाना खोल्न पहिलोपटक २०४१ सालमै सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसपछि आधा दर्जनभन्दा बढी त्यस्ता अध्ययन भइसकेका छन् । पछिल्लो १ दशकमा सरकारले ल्याएका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कुनै न कुनै रूपमा मल कारखाना खोल्ने विषय अटाउँँदै आएको छ । तर, कहाँ र कसरी खोल्ने भन्ने कुरो टुंगो लाग्न सकेको छैन । मल कारखाना खोल्ने कार्यक्रम अहिले पनि लगानी बोर्डमा थप अध्ययनका क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विकास महाशाखाका सहसचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताएका छन् । कृषि विभागमा राष्ट्रिय किसान आयोगको आयोजनामा भएको नेपालमा रासायनिक मलको उपयोगिता र यसका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यसपालि पनि धान रोप्ने बेला रासायनिक मल अभाव

काठमाडौं ।  धान रोप्ने बेला रासायनिक मल नपाउने समस्या यसपालि पनि दोहोरिने निश्चितजस्तै भएको छ । यसपटक धानबालीका लागि ९० हजार मेट्रिक टन रासायनिक मल अपुग हुन सक्ने अनुमान गरिएको हो । चालू आर्थिक वर्षको बजेटबाट खरीद गरिने रासायनिक मल समयमा नआइपुग्दा अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि धानबालीका लागि मल अभाव हुने निश्चितजस्तै देखिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख बालीधानका लागि मल अभाव हुन सक्ने देखिएको बताएको छ । धानको बीउ राख्नेदेखि रोपाइँ गर्ने बेलासम्म करीब १ लाख मेट्रिक टन युरिया र ५० हजार टन डीएपी आवश्यक पर्छ । त्यसपछि टप ड्रेसिङका लागि फेरि छुट्टै ६० हजार टन युरिया र ३० हजार टन डीएपी चाहिन्छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार सरकारले चालू आर्थिक वर्षमा मल खरीदका लागि बजेट भाषण र थप स्रोत सुनिश्चिततामार्फत ३१ अर्ब रुपैयाँ छुट्ट्याएको थियो । उक्त बजेटबाट कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत भारतसँग जीटुजी प्रक्रियाबाट ३० हजार टनसहित ३ लाख ३१ हजार ५ सय टन मल किन्ने व्यवस्था भइसकेको छ । त्यसमध्ये २ लाख ३७ हजार ५ सय टन मल आयात भएको छ । ९४ हजार टन आयात गर्न बाँकी छ । यसले गर्दा धान रोप्ने सिजनमा मल अभाव हुन सक्ने संकेत देखिएको उनले बताए । हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग ५२ हजार टन युरिया, ४ हजार टन डीएपी र ५ सय टन पोटास मल मौज्दात छ । २० हजार टन डीएपी नेपाल भित्रिने क्रममा छ । २० हजार टन युरिया पनि आयातको पाइपलाइनमा छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग २७ हजार टन युरिया र १८ हजार टन डीएपी मौज्दात छ । यो सबै मल चैतेधान र मकै बालीका लागि ठिक्क हुने भएकाले वर्षेबालीका लागि थप मल आवश्यक पर्ने कृषि कम्पनीका खरीद विभाग प्रमुख राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गतवर्षको मागलाई आधार मान्ने हो भने त्यसअनुरूप मल ल्याउन नसके जेठ र असारमा मल अभाव हुने पक्का जस्तै छ । ‘यद्यपि रोकिएको मल समयमा ल्याउन सकेमा र सरकारले पछिल्लोपटक स्रोत सुनिश्चित गरेको ७ अर्ब ५० करोड रुपैयाँबाट पनि समयमै मल खरीद प्रक्रिया अघि बढाउन सके अभाव टार्न सहज हुनेछ,’ उनले आर्थिक अभियानसँग भने । कम्पनीले आगामी आर्थिक वर्षमा विनियोजन हुने बजेटबाट २५ हजार टन डीएपी र ३० हजार टन युरियाका लागि टेन्डर आह्वान गरिसकेको छ । सोही परिमाणको अर्को खेपका लागि बोलपत्र आह्वान गर्ने प्रक्रियामा कम्पनी छ । साल्ट ट्रेडिङले गतवर्षको बजेटबाट टेन्डर प्रक्रिया पूरा भएको ५० हजार र २७ हजार टन युरियाका साथै २० हजार टनको तीनओटा टेन्डरबाट मल ल्याउन नसकेपछि मल अभाव देखिन गएको हो ।

सवा २ लाख टन मल आउँँदै

काठमाडौं, असोज २७ । धान रोप्ने बेला किसानलाई पर्याप्त मल दिन नसकेको सरकारले हिउँदे बाली र चैते धान लगाउने सिजनमा रासायनिक मल अभाव हुन नदिन तयारी तीब्र पारेको छ। आगामी यामका लागि करिब सवा २ लाख मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया अघि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘हिउँदे बालीका लागि पर्याप्त […]

धानमा राते रोग लागेपछि कृषक चिन्तित

धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो ।

धानमा राते रोग लागेपछि कृषक चिन्तित

कावासाेती । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का […]

धानमा राते रोग लागे डाइमेथिएट विषादी प्रयोग गर्न सुझाव

कावासोती । धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए । “सुरुमा मल पाइएन हामीले पनि...

धानमा राते रोग लागेपछि कृषक चिन्तित

कावासोती – धानमा रोग लागेपछि पूर्वी नवलपरासीका अधिकांश किसान चिन्तित छन् । धान रोप्ने बेला सुरुमा बीउ र मल अभाव खेपेका किसानले अहिले रोगसँग सामना गर्नुपरेको हो । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का […]

मल अभावले कृषकलाई सधैँ सास्ती

धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि पाइएन, दमौलीमा नपाएपछि डुम्रेमा पुगेर चर्को मूल्यमा खरिद गर्नुप¥यो”, पौडेलले भने, “अब धान रोप्ने बेला आउन लाग्यो, मल चाँही कहिले आउँछ कुन्नि ।”पौड

बर्दियामा मल अभाव, जोखिम मोलेर पुग्छन् भारतीय सीमावर्ती बजार

बर्दिया : धान रोप्ने बेला डिएपी मलको अभाव खेपेका बर्दियाका किसान अहिले युरिया मल नपाएर मर्कामा परेका छन्। धानमा युरिया मल लगाउने बेला भए पनि अभाव रहेको बरबर्दिया–३ का किसान अनिलकुमार चौधरीले बताए। झण्डै दुई बिघा क्षेत्रफलमा धान खेती गरेका चौधरीलाई मल अभाव भएपछि धान उत्पादन घट्ने हो कि भन्ने चिन्ता थपिएको छ। बी...