धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइँदा रु एक हजार ६०० बढी तिरेर भारतबाट अवैध रुपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । “अनुदानको मल पाइएन”, उनले भने, “मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अवैध रुपले ल्याइएको