काठमाण्डौ – गन्तव्य देशका रोजगारदातालाई वैदेशिक रोजगार विभागले आफ्नो सफ्टवेयर ‘एफईआईएमएस’ (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली) मा ‘एक्सेस’ अर्थात् पहुँच दिएको छ ।
पहिले रोजगारदाताले नेपालबाट कामदारको माग गर्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमै गएर कागजात पेस गर्नुपथ्र्यो । त्यो प्रक्रिया रोजगारदाताहरुको लागि झन्झटिलो भएको भन्दै विभागकै सफ्टवेयरमा एक्सेस दिएको हो । यस्तै भौतिक उपस्थिति हुँदा दूतावासका कर्मचारी र रोजगारदाताबीच स्वार्थको मोलमोलाइ हुने गरेको आरोप पनि लाग्दै आएको थियो । ...