नेपाल जुडो संघको आयोजनामा आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता साउन २८ गतेदेखि हुने भएको छ। दुईदिने प्रतियोगितामा पुरुष÷महिलामा ८–८ गरी १६ तौलसमूहमा जम्मा १ सय ४० खेलाडीको सहभागिता रहने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। यसै प्रतियोगिताबाट नयाँ राष्ट्रिय टिमको छनोट पनि गरिने छ। पुरुषको ५५ केजीमुनि र…