जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण

जापान सरकारले एसियाली खेलकूद २०२६ लाई लक्षित गरी नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । काठमाडौंस्थित जापानी दूतावासमा मंगलबार आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा नेपाल जुडो सङ्घका पदाधिकारी तथा सदस्य, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीलगायत …

सम्बन्धित सामग्री

बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए ‘बाल दिवस’

बुटवल- बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्। शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको बाल विद्या मन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिएका हुन्। पोशाक हस्तान्तरण गर्दै नगर […]

कामना बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका वडा ५ पाडाजुङ्गस्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो।...

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले झापा कमल गाउँपालिका–५ पाडाजुंगीस्थित गुह्येश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई सोमवार पोशाक उपलब्ध गराएको छ ।  उक्त विद्यालयमा अध्ययनरत भूमिहीन, बाढीपीडित, सुकुमबासी, दलित, जनजाति, आदिवासी समुदायका र आर्थिक अवस्था कमजोर भएका छात्रछात्रालाई बैंकले पोशाक उपलब्ध गराएको हो । बैंकका कोशी प्रदेश प्रदेश प्रमुख खिमलाल भुसाल र विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद खनालले सोमवार उक्त पोशाक विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।  कार्यक्रममा विद्यालयका अन्य शिक्षक, विद्यार्थी, अभिभावक साथै बैंकका कर्मचारीको उपस्थिति थियो । बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

खेलकुदमा बजेट धेरै राख्न सकेनौं, आउने दिनमा बढाउनुपर्छ : अर्थमन्त्री महत

३० जेठ, काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले खेलकुदमा धेरै बजेट राख्न नसकेको भन्दै आउने दिनमा लगानी बढाउनुपर्ने बताएका छन् । लिटमस इन्ड्रस्टिज लिमिटेढले मंगलबार काठमाडौंमा नेपाली पुरुष राष्ट्रिय भलिबल टिमका खेलाडीलाई खेल पोशाक हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्त्री महतले खेलकुदले देशको इज्जत बढाउने माध्यम भएको पनि बताए । उनले सिमित स्रोत र […]

भलिबल टोलीलाई एनआईसी एशियाद्धारा खेल पोशाक हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आईतवार खेल पोशाक हस्तान्तरण गरेको छ । थापाथलीस्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य […]

नयाँ पोशाकमा ललितपुरका नगर प्रहरी

ललितपुर महानगरपालिकाका नगर प्रहरीको पोशाक परिवर्तन भएको छ। ती नगर प्रहरी आजदेखि टाई, पिक्याप, बेल्टसहित खाकी रङको कोट अनि प्यान्टस लगाएर कार्यक्षेत्रमा सहभागी भएका छन्। महानगरपालिकाले सोमबार ती प्रहरीलाई पोशाक हस्तान्तरण गरेको थियो।