सरकारले दसैँका बेला यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन सक्ने बताएको छ । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलपातीदेखि पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गरिएको जानकारी दिए । उनले यात्रुको चापलाई ध्यानमा राख्दै सो अवधिमा देशका जुनसुकै स्थानसम्म बिना रुट परमिट बस चलाउन दिने उल्लेख गरे । उनले भने– ‘हामीले दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुल