धनगढी : एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ। समाजवादी संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो।समाजवादीकी प्रदेशसभा सदस्य दुर्गा बिकले प्रदेश सरकारलाई समर्थन गर्ने बताइन्। यस्तै समाजवादी पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुनेसमेत उनले बताएकी छन्।सुुदूरपश्चिममा अहिले नेकपा (माओवादी केन्द्र) नेतृत्वको प्रदेश सरकार छ। माओवादी केन्द्रबाट सरकारको नेतृत्व त्रिलोचन भट्टले गरिरहेका छन्। प्रदेशमा तत्काल