धरानमा कोरोना विरुद्धको भेरोसेल खोप र जोन सन खोप लगाइने भएको छ । ५५ वर्ष वा सो भन्दा माथिकाको लागि भोलि (सोमबार)देखि चिनियाँ भेरोसेल खोप लगाइने भएको हो । उपमहानगरपालिकामा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा धरानका ७ स्थानमा खोप केन्द्र तोकिएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार धरान स्वास्थ्य चौकी छाता चौकमा वडा नं. १, २, ३, १०, १२, र १६ का नागरिक र वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले भिसा र पासपोर्टको आधारमा सक्नेछ भने पाँचकन्या स्वास्थ्य चौकी ठिंगाबारीमा