बैतडी : बैतडीमा आज (आइतबार) देखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ। खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।जिल्लामा ८४ वटा वडा रहेका छन्। ठूलो वडामा आवश्यकताअनुसार खोप केन्द्र विस्तार गरिने बताइएको छ। उक्त खोप अभियान साउन २१ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ। ५५ देखि ६० वर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइने छ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्याप