झापा – पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ सुरु गरेका छन्। काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन्। एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गअन्तर्गत चार लेनको पुल र पाँच सय मिटर पहुँचमार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि पूर्वीनाकाको सौन्दर्यकरणमा […]