पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ शुरूगरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् । एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गअन्तर्गत चार लेनको पुल र पाँच सय मिटर पहुँचमार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि पूर्वीनाकाको सौन्दर्यकरणमा कसैले ध्यान नदिएपछि स्थानीयको पहलमा अभियान थालिएको अभियानका संयोजक विजय डालमियाले बताए। नाका व्यवस्थित, सफा, सुन्दर र पर्यटकमैत्री हुनुपर्दछ भन्ने उद्देश्यले नागरिक स्वस्फूर्तरुपमा काँकडभिट्टाको सौन्दर्यकरण अभियानमा होमिएका उनले जानकारी दिए । अभियानमा सामाजिक संघसंस्था, व्यवसायी, बुद्धिजीवी, कलाकार, सञ्चारकर्मी, राजनीतिकर्मी, स्थानीयलगायत अभियानमा सहभागी भएका डालमियाले बताए। अभियानले पहिलो चरणमा पूर्वीनाकामा रहेको मेची पुलदेखि एसियाली राजमार्गको पहुँचमार्गअन्तर्गत आसपासका क्षेत्रमा सरसफाइ र सौन्दर्यकरणका विभिन्न काम गर्ने योजनाअनुरुप अगाडि बढेको उनले जानकारी दिए । 'जोकोही पर्यटक नेपाल भित्रिदै गर्दा सबैभन्दा पहिला अब नेपाल प्रवेश गर्दैछु र नेपाल साह्रै सुन्दर देश हो भन्ने अनुभूति गर्न सकोस्,' अभियन्ता दीपक पोखरेलले भने,'यसका लागि नाका सफा, सुन्दर र राष्ट्रिय पहिचानयुक्त हुनुपर्‍यो । हामी अभियानमार्फत नियमित सरसफाइ कार्यक्रम गर्नेछौँ । सडकका दायाँबायाँका भित्तामा चित्रकला सजाउनेछौँ । खाली जमिनमा फूलसहित बगैँचा बनाउनेछौँ ।' शुरूमै महँगो काम नसोचिएको र सानासाना कामबाट नाकालाई मनमोहक र हेरुहेरु लाग्ने गरी कार्यक्रम अघि सारिएको जनाउँदै पोखरेलले पुरानो मेची पुल पार गर्ने बित्तिकै दोबाटोमा रहेको ‘कर्नर आइल्यान्ड’लाई सुन्दर बगैँचामा रुपान्तरण गरिने जानकारी दिए । पूर्वीनाकाको प्रवेशद्वारमा टाढाबाटै देखिने गरी अग्लो राष्ट्रिय झण्डा राखिने र सडकका भित्तामा राष्ट्रिय गौरव झल्किने चित्रकला बनाइने अभियानले जनाएको छ । अभियानले नाकाको सौन्दर्यकरण कार्यक्रममा मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय र सुरक्षा निकायसँग समन्वय गरिरहेको अभियान्ता पोखरेलले बताए। भारत सरकारले एसियाली राजमार्गअन्तर्गत चार लेनको मेची पुल र नेपालतर्फ ५ सय मिटर लामो ६ लेनको फराकिलो सडक गत वर्ष नै निर्माण गरेको हो । यस राजमार्ग म्यान्मा र बङ्गलादेश हुँदै भारतको पानीट्यांकी सीमाबाट नेपालको काँकडभिट्टा नाका प्रवेश गर्दछ । पहुँचमार्गमा सडक कालोपत्रे, रात्रि बत्ती र फुटपाथ रेलिङ निर्माण गरिए पनि सडकको बीचमा रहेको लेन छुट्याउने भाग र वरपरको खाली ठाउँमा सौन्दर्यकरण गर्ने कार्य नभएकाले थानीयवासीको पहलमा काम थालिएको संयोजक डालमियाले बताए। हाल नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र मेची भन्सारको आ–आफ्नै चेकजाँच टोली बस्दै आएको छ । सुरक्षाकर्मी र पर्यटकका लागि निर्मित अपाङ्गमैत्री शौचालय, खानेपानीको धारा र कोरोनाकालीन अस्थायी होल्डिङ सेन्टर बेवारिसे अवस्थामा छन् । खानेपानीको आधादर्जन धारा, पिउने पानीको स्वच्छताका लागि जडान गरिएका अत्याधुनिक प्रशोधन उपकरण र आधुनिक शौचालय प्रयोगविहीन बनेका छन् । पानी फिल्टर गर्ने मेसिनमा खिया लाग्न थालिसकेको छ भने अपाङ्गमैत्री भनिएको शौचालयमा सिँढी राखेर उक्लिन नसकिने बनाइएको छ ।  एसियाली राजमार्गको पहुँचमार्ग निर्माणपछि नाकाको पुराना संरचना सबै भत्काइएकाले नेपाली भूभागको पहिचानका लागिसमेत नाकामा राष्ट्रिय पहिचानको झल्को दिने नयाँ संरचना निर्माण गरिनुपर्ने अभियन्ता राजु कार्कीले बताए। मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठक, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारती, मेचीनगरका पूर्वनगरप्रमुख विमल आचार्य, वडाध्यक्ष ललित तामाङ, पूर्वमेची यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठलगायतलाई अभियानका योजनाबारेमा थप जानकारी दिन आज स्थलगत अवलोकन गरिएको छ ।नाकालाई व्यवस्थित र सौन्दर्यकरण गर्ने अभियान सकारात्मक रहेको जनाउँदै इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक भारतीले आफ्नो तर्फबाट सहयोग रहने बताए।रासस

सम्बन्धित सामग्री

बागलुङ कालिका मन्दिर सौन्दर्यकरण

ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ ।

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

कञ्चनपुर, ३ चैत । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले […]

महेन्द्रनगरमा संस्कृति झल्किने चित्रकला

३ चैत, महेन्द्रनगर (कञ्चनपुर) ।  कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट […]

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गर्न थालेको हो । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने […]

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

महेन्द्रनगर- कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ। भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट संघले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ। संघमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन्। हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट संघले नयाँ काम गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको […]

महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’

कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ । भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् । हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले …

नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’

झापा – पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ सुरु गरेका छन्। काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन्। एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्गअन्तर्गत चार लेनको पुल र पाँच सय मिटर पहुँचमार्ग सञ्चालनमा आएको एक वर्ष बितिसक्दा पनि पूर्वीनाकाको सौन्दर्यकरणमा […]

पर्यटन प्रवद्र्धन गर्न दहको सौन्दर्यकरण

बारा-प्रदेश–२ मा सयौ प्रजातीको चराचुरुङ्गीको क्रिडास्थलको रुपमा परिचित पर्सा राष्ट्रिय निकुञ्जको १६ हेक्टरमा फैलिएरको ऐतिहासिक हलखोरीया दह सौन्दर्यकरण गर्ने काम थालिएको छ । पर्यटन प्रवद्र्धनमा जोड दिन भन्दै निकुञ्जले दहको जलकुम्भी झार लगायतको सरसफाई गर्न थालिएको हो ।जाडो छल्न साइबेरियाबाट आउने शारसदेखि निकुञ्जकै सयौं प्रजातिका चराचुरुंगीको सुन्दरक्रिडास्थलको रुपमा परिचित हलखोरीया दहमा साना बोटिङलगायतमा पर्यटक रमाउने […]