काठमाण्डाै – यसपालि पशुपति क्षेत्रमा बाला चतुर्दशीको मेला लाग्ने भएको छ । गएको वर्ष कोरोना जोखिम उच्च रहेकाले पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशी मेला औपचारिकरुपमा स्थगित गरेको थियो ।
यसपालि भने कोरोना जोखिम न्यून भएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेलाको तयारी गरिएको कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।
रातभर महादीपदान गरेर बसे...