काठमाण्डाै - बाला चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान भोलि बिहान शतबीज छर्ने गरिन्छ । यसको तयारीका लागि बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको हो ।
आज रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् ।
यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको रातिदेखि सुरु हुने मेल...