बाला चतुर्दशी : पाशुपत क्षेत्रमा शतबीज छर्नेको भिड (फोटो)

काठमाडौं : आज मार्ग कृष्ण पक्षको चतुर्दशी। पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शतबीज छरेर मनाइएको छ।आज बिहानै पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा शतबीज छरिएको छ। शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ यसअघि मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरिएको थियो।यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। श्रद्धालुहरु त्रयोदशीको दिन राती पितृका नाममा दीप बाली जाग्राम बसेका थिए। अघिल्लो दिन