नेकपा एमालेले स्थानीय निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति बनाएको छ । नेता विष्णु पौडेलका संयोजकत्वमा एमाले सचिवालय बैठकले पौडेलको संयोजकत्वमा निर्वाचन विभाग र संगठन विभाग प्रमुख सदस्य रहनेगरी उजुरी छानबिन समिति बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।सोही छानबिन समितिको निष्कर्षका आधारमा पार्टीले अन्तर्घातीलाई आवश्यक कारबाही गर्नेछ । एमालेले स्थानीय चुनावबाट पार्टी मुल शक्तिका रुपमास्थापित भएपनि परिणाम अपेक्षा गरे अनुरुप हुन नसकेको ठहर गरे