काठमाण्डाै – अघिल्लो वर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बन्दुक बाँड्यो । तर, पछिल्लो वर्ष २०७८ सम्म आइपुग्दा बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे । नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरी पाँच लाख रुपैयाँ बराबरको निःशुल्क बन्दुक बाँड्यो । एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाँड्ने मापदण्ड थियो । तर, आवश्यकता हेरी केही टोलमा दुई/तीन वटा पनि बन्दुक बाँडेको छ नगरपालिकाले । बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि ...