नियन्त्रणका अनेक जुक्ति लगाउँदासमेत गाउँघरमा बाँदर आतंक किन ज्यूँको त्यूँ छ ? बाँदर धपाउन घरेलु उपाय रच्ने किसानदेखि, यन्त्र–उपकरण बनाउने वैज्ञानिक र अनुसन्धानकर्मीसम्मलाई यो प्रश्नले चिमोटिरहेको छ ।
बाँदर मार्नका लागि कानूनी अवरोध भएको भन्दै स्थानीयहरूले कानून सुधारको माग गरेका छन् । नेपालभरि नै अहिले बाँदर आतंकका कारण किसानहरू मर्कामा परेका छन् । फसल जति बाँदरले खाइदिने हुनाले जमीन बाँझो राख्ने प्रवृत्तिसमेत देखापरेको छ । त्यसैले बाँदर नियन्त्रणका लागि बाँदर निर्यात गर्नेदेखि बाँदर धपाउन कर्मचारी राख्नेसम्मका कुरा आएका छन् । तर, यी कुनै उपायले काम गर्ने देखिँदैन ।
बाँदर नियन्त्रणका बारेमा संघीय संसद्देखि स्थानीय तहसम्म कुरा उठेको छ । यसको नियन्त्रणको कुरासँगै जोडिएर आउने कुरा हो, कसरी अहिले बाँदर आतंक बढ्यो त ? यसमा बाँदर विज्ञका अध्ययनले देखाउने विषय विशेष होला तर सामान्य अनुभवका आधारमा हेर्दा भने नेपालको बस्ती र खेतीपातीमा आएको परिवर्तन नै बाँदर आतंकको कारण हो । बाँदर वनजंगलमा नै रमाउने जनावर हो । विगतमा वनमा विभिन्न किसिमका फलफूलका रूख हुन्थे । वरलगायत फल लाग्ने रूख यत्रतत्र पाइन्थे । अर्थात् बाँदरलाई आहारको खोजी गर्न वनजंगल नै पर्याप्त थियो ।
तर, अहिले गाउँबस्ती खाली हुन छाडेसँगै धेरै खेतबारी जंगलमा परिणत हुन थालेको छ । यस्तो ठाउँमा फल लाग्ने बोट छैनन् । त्यस्तै गाउँबेँशी सबैतिर खेतीपाती हुन्थ्यो । ती ठाउँमा फाट्टफुट्ट बाँदर आउँथे । तिनलाई त्यहीँका आहाराले पुग्थ्यो । तर, अहिले यसरी खेती हुन छाडेको छ । कि त गाउँमा बस्ती बाक्लिएको छ, कि त बस्ती बेंशीतिर बाक्लिएको छ । यस्तोमा बाँदरले आहारा खोजीका लागि जहाँ बस्ती छ त्यहाँ जानु स्वाभाविक हो । त्यसैले बाँदर आतंक कम गर्ने हो भने पारिस्थितिक प्रणाली जोगाउन र त्यसैअनुसार अनुकूलन हुन आवश्यक देखिन्छ ।
बाघचितुवा भएका ठाउँमा बाँदर बस्दैन भन्ने मानिन्छ । जंगलमा बाघचितुवा पर्याप्त हुन त्यसको आहारा पनि हुन आवश्यक छ । अर्थात् पारिस्थितिक प्रणालीअनुसार हरेकको आहारा वनजंगलमा हुनु आवश्यक छ । अहिले जेजस्तो वनस्पति छन्, जीवजन्तु छन् तिनको सहअस्तित्व हुनुपर्छ । अर्थात् सबैले आआफ्नो आहारा पाउनुपर्छ । प्रकृतिको अनुकूलन हुन सकेमा यो समस्या समाधान हुन सक्छ । त्यसैले अहिले बाँदर नियन्त्रणका लागि जेजस्ता कुरा चर्चा भएका छन् तिनले दिगो समाधान दिँदैन । बाँदरलाई समाप्त पार्ने भन्ने हुँदैन । त्यसैले बाँदरसँगै अनुकूलन भएर मानिसको जीवनशैली अघि बढ्नुपर्छ । वनजंगलमा फल लाग्ने वनस्पतिको संख्या बढाउन सकियो भने बस्तीमा बाँदर आउने कारणै रहँदैन । यसो गर्न केही समय लाग्छ । तर, चाँडै फल लाग्ने वनस्पतिहरू वनजंगलमा हुर्काउन सकियो भने बाँदरलाई त्यहीँ रोक्न सकिन्छ । त्यसैले बाँदर मार्ने, धपाउने वा अन्य विकल्पका पछि लाग्नुभन्दा बाँदर बढ्नुको कारण पत्ता लगाएर त्यहीँबाट समाधान निकाल्नु बुद्धिमानी हुनेछ । यसमा बाँदरविज्ञको सल्लाहसमेत लिन सकिन्छ ।

बाँदर आतंकले आजित बनेपछि जैमिनीका किसानहरुले बाँदर व्यवस्थापनको नयाँ विकल्पको खोजीमा ‘बाँदर बगैचा’ को अवधारणा ल्याएका छन् । ‘बादर बगैँचा’ मा जैमिनी आसपासका बादरहरुलाई जम्मा पारिने योजना रहेको छ । उक्त मंकी पार्कमा जम्मा पारिएका बादरलाई त्यहाँबाट बाहिर निस्किन नसक्ने गरि पार्कमै व्यवस्थापन गरिने उनीहरुले बताए । बगैँचा निमार्णको सम्भाव्यता अध्ययनका लागी पालिका र प्रदेशबाट […]
सिन्धुली । सिन्धुलीमा बाँदर आंतक बढेपछि स्थानीय तहहरुले बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका छन्। सिन्धुलीका ९ वटै स्थानीय तहले ग्रामीण क्षेत्रमा कृषकलाई बारुदसहितको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका हुन् । कृषकले खेतबारीमा लगाएको बाली तथा फलफूल बाँदर तथा अन्य जंगली जनावरले नष्ट गर्दै आएका छन् । जसका कारण स्थानीय तहहरुले यन्त्र वितरण गरेको […]
नेपालमा तीन प्रजातिका बाँदर छन् । तीन प्रजातिमा पाइने छ प्रकारका लाखाैँ बाँदरले नेपालको तराईदेखि हिमालसम्म विचरण गर्छन् । तीन प्रजातिमा सबैभन्दा धेरै र जताततै पाइने प्रजाति हो रातो बाँदर । दोस्रो प्रजातिको बाँदरलाई पहरे वा आसामी बाँदर भनिन्छ जुन नेपालको मध्यपहाडको जङ्गली भेगमा पाइन्छ र ध्वाँसे बाँदर भनेर पनि चिनिन्छ । र अर्काे लङ्गुर बाँदर हुन् । रातो बाँदर तराईको उष्ण प्रदेशीय जङ्गलदेखि मन्दिर, स्तूप तथा सहरकासाथै उच्च पहाडी वनजङ्गल र हिमालयको फेदीसम्म पाइएको छ । तेस्रो प्रजातिको लङ्गुरे बाँदर हनुमान बाँदरका नामम...
सर्लाही – पूर्व पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्यापछ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् ।
मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् ।
वनमा जामुन, कुसुम, हर्रो, बर्र...
काठमाडौँ,२७ मँसिर । सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् । गहुँ, तोरी, आलु, प्याज, फलफूललगायत ठूलो सङ्ख्यामा आउने बाँदरले नोक्सानी गर्नाका साथै बालबच्चासमेत असुरक्षित हुन थालेपछि पिस्कर, धुस्कुन, चोकटी, तौथली र टेकानपुरका बासिन्दा दिनहुँ बाँदर लखेट्ने काममा […]
काठमाडाैँ- लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो। बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक […]
अब बाँदर सिंहदरबार छिर्नुपर्छ ।गाउँका माथिल्ला आटीमा मात्र किन ? अब सहरमा पनि बाँदर छिर्नुपर्छ ।गाउँबाट आएका तरकारीहरू छि ! दाग लागेको रहेछ भन्नेहरुले बाँदर कुर्दै पालैपालो भात खानुपर्छ ।सहरका मान्छे बाँदर देख्दा सेल्फी लिन्छन्गाउँका मान्छे हत्तपत्त ढुङ्गा टिप्छन्अब बिस्तारै सबैले अनुभव गर्नुपर्छ बाँदर जसरी पनि सिंहदरबार छिर्नुपर्छ ।बाँदर जस्तै स्तनधारी प्राणी छिरेकै होहामी सबैले मज्जासँगै चिनेकै हो ।अब साँच्चिकै बाँदर छिर्नुपर्छ कमिसनका फाइल जसरी नि च्यात्नुपर्छ ।भ
सिन्धुपाल्चाेक – बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङले ‘बाँदर धपाऔँ बालिनाली बचाऔँ’ अभियान सुरु गर्ने भएको छ । वडाले हरेक घरधुरीबाट एक जनासहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।
वडा कार्यलयले आज मङ्गलवार एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान सुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो ।
बाँदर नियन्त्रणका लागि एक पटक अभ्यास गर्न लाग...