बाँदर खानेकुरा खोज्न राजमार्गमा

सर्लाही – पूर्व पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्यापछ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् । मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् । वनमा जामुन, कुसुम, हर्रो, बर्र...