सत्ता गठबन्धनको शीर्ष तहमा भइरहेको घनिभूत छलफलबाट पनि सिट बाँडफाँट टुङ्गो लाग्न सकेको छैन । पछिल्ला दिनमा नेपाली कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सिट बाँडफाँटको छलफलमा व्यस्त छन् ।शीर्ष नेतृत्वलाई कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले पनि सहयोग गरिरहेको छ । सिट बाँडफाँटबारे प्रतिवेदन बुझाएको कार्यदलका सदस्यलाई साथमा राखेर गरिएको छलफलले पनि सार्थकता पाउन सकेको छैन । तर असोज २ गते अगाडि कुनै हालतमा सिट सङ्ख्या टुङ्ग्याउ