ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौं : गत आर्थिक वर्ष ०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको २ करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको सङ्ख्या २०६ छ।दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको शेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको हो। ओटिसी बजारमा भएको कारोबारबाट गतवर्ष ५ करोड २९ लाख ५५ हजार ९८०

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्टको एकैदिनमा ५ लाखभन्दा बढी कित्ता शेयर किनबेच

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबारमा आएका ३१५ धितोपत्रमध्ये सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ । यस कम्पनीको एकै दिनमा ५ लाख १४ हजार ४११ कित्ता शेयर किनबेच भएको हो । कम्पनीको रू. ४७ करोड २९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९४१ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३३ रुपैयाँ ५० पैसा कम हो ।  कम्पनीको दोस्रो बजारमा कारोबारमा आएदेखि लगातार सात कारोबार दिनसम्म कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । कारोबारमा आएको आठौं दिन अर्थात् आइतवार (हिजो)देखि कम्पनीको शेयरमा विक्री चाप देखिएको हो । उक्त दिन कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको थियो । सोमवार कम्पनीको शेयरको उच्च मूल्य कायम हुँदा प्रतिकित्ता रू. ९ सय ७० सम्म पुगे पनि अन्तिममा रू. ९४१ मा कायम भएको हो ।

आज शेयर बजार राताम्मे

शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७७ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच […]

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ। शेयर बजारको उकालो यात्रा बिहीबार पनि कायम रह्यो । बजार १५.४४ अङ्कले बढेर २१२७.४५ विन्दुमा अडिएको छ । आजको दिन ४ अर्ब ९७ करोड ६४ लाख रुपैयाँ बढीको शेयर खरिद बिक्री भएको छ । आजको कारोबारमा २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको थियो । निर्जीवन बिमा, उत्पादन तथा […]

शेयर बजारमा उछाल जारी

बाँकी पनि अधिकांशजसो समूहमा दोहोरो अंकको सुधार आयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १४ कम्पनीको ९९ लाख कित्ता शेयर ४ अर्ब ११ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

शेयर बजारमा पुनः गिरावट

बजार घट्दा त्यसको प्रत्यक्ष प्रभाव कारोबार रकममा देखिएको छ । बिहीबार २ अर्ब ४५ करोडको कारोबार भएकोमा शुक्रबार भने ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा उच्च गिरावट जारी

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४६ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ६६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

शेयर बजारमा सामान्य अंकको गिरावट

मंगलवार शेयर बजारमा सामान्य गिरावट आएको छ ।  यस दिन नेप्से परिसूचक २.५५ अंकले घट्दै २५१८.९९ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ परिसूचक ०.९१ अंकले घट्दै ४७०.९८ विन्दुमा झरेको छ । नेप्सेका अनुसार मंगलवार २ सय ३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँ बराबरमा किनबेच भएको छ । यस दिन ६ समूहको शेयर सूचक बढ्दा बाँकी ७ समूहको भने घटेको छ । यस दिन आइतवारबाट कारोबारमा आएको मध्यभोटेकोसी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै गुर्ख...

३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार ३ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस शेयर सुचिकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनको २० प्रतिशतले हुन आउने ३ लाख ८४ हजार ५ सय ८३ कित्ता बोनस शेयर सुचिकृत भएको हो। शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर किनबेच गर्न सक्ने छन् ।

शेयर बजारमा अर्को कीर्तिमान, एकैदिन १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ । बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ  । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । बिहीवार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ । नेप्से एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० विन्दुमा पुगेको छ । सबैजसो लघुवित्...

शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड

सोमवार शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन हालसम्मकै उच्च रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको शेयर किनबेच भयो । यस दिन २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।जेठ ५ गते भएको सर्वाधिक रकमको रेकर्डलाई शेयर कारोबार रकमले सोमवार तोडेको हो । जेठ ५ गते रू. ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार बराबरको शेयर किनबेच भएको थियो ।देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञाका कारण लगानीका अन्य विकल्प नहुँदा अनलाइन मैत्री शेयरबजारमा लगानी बढिरहेको छ । सोमवार २१६ कम्पनीको १ लाख