हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी छ। बिहीवार मध्यरातबाट निर्वाचनको मौन अवधि (स्थिर समय) समय शुरु हुँदै छ। बिहीवार रातिबाट प्रचारप्रसार गर्न नपाउने भएपछि उम्मेदवारहरू यति वेला निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्।मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो अन्तिम चुनावी अस्त्रको रूपमा प्रदेश राजधानीको कार्ड फालेका छन्।हेटौंडा बागमती प्रदेशको राजधानी भएको पाँच वर्षपछि थ