‘विधेयक प्रमाणीकरण नहुनु संविधान र कानुनको उल्लंघन होइन’
सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले संसद्बाट पारित नागरिकता विधेयक मुलुकको हितमा नभएकाले विधेयक प्रमाणीकरण नगरेर अभिभावकीय भूमिका निर्वाह गरेको बताएको हो।...
काठमाडौं,१८ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलले संबैधानिक रुपमा अस्तित्व गुमिसकेको नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले संसद्ले पास गरेको विधेयक राष्ट्रपति कहाँ प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार सभामुखलाई मात्रै रहेको हुँदा मन्त्रिपरिषदको निर्णयको आधारमा राष्ट्रपतिले […]
काठमाडौं, मंसिर २ । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर मुलुकको अभिभावकीय भूमिका निभाएको बताएको छ। सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयले संसद्बाट पारित नागरिकता विधेयक मुलुकको हितमा नभएकाले विधेयक प्रमाणीकरण नगरेर अभिभावकीय भूमिका निर्वाह गरेको बताएको हो। राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै दोस्रोपटक संघीय संसद्बाट नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष […]
भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताएकी छन् । मध्यपुरथिमिमा शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभामा आज उनले संवैधानिक राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई सङ्कटतर्फ धकेल्न खोजेको बताइन् […]
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरणको लागि परमादेशको माग गर्दै अधिवक्ता सुनिलकुमार यादव, अधिवक्ता सुनिल रञ्जन सिंह, अधिवक्ता सागर बराल, विजय पोखरेल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी सौगातराज बराल, काठमाण्डौ स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी र सम्पूर्ण बस्नेतले संयुक्त रुपमा त...
काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लङ्घन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।
बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटि संविधान उल्लङ्घन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फ...
काठमाडौं, ५ असोज । सत्तारुढ पाँचदलिय गठबन्धनले राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लघंन गरेको निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले संघीय संसदले पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको ठहर गरेको हो । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विधादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। […]
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम गर्नुपर्ने विधेयक प्रमाणीकरण नगरेर संविधानलाई नै चुनौती दिएकी छन् । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगेपनि उनले प्रमाणीकरण नगरेकी हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।सो अघि राष्ट्रपति भण्डारीले केही विषयमा सच्याउनुपर्ने सन्दे
४ असोज, काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए । ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ उनले भने । प्रतिनिधिसभा […]
कास्की - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताउनु भएकाे छ । नेता दाहालले संविधान अनुसार राष्ट्रपतिलाई विधेयक एक पटक फर्काउने अधिकार भएको भन्दै दोस्रो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्नुभएकाे हाे ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेता दाहालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताउनु भयाे । उहाँले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताउनुभयाे ।
...