बाँके-२ मा धवलशमशेरको फराकिलो अग्रता

५ मंसिर, काठमाडौं । बाँकेको क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार राणाले १ हजार २०० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले ४०० मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ९४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

धनराज गुरुङको फराकिलो अग्रता

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको  मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ल्याएकी छन् । यता, २(१) प्रदेश तर्फ कांग्रेसका भोजराज अर्यालले  १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।

रसुवामा मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा मोहन आचार्यले फराकिलो अग्रता कायम राखेका छन् । मतगणनाको सुरुवातीदेखिनै आचार्यले फराकिलो मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार १४ हजार नौ सय ६४ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार...

डडेल्धुरामा देउवाको फराकिलो अग्रता, ६५६ मत बदर

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फराकिलो अग्रता कायम गरेका छन् । १० हजार तीन सय ७८ मत गणना हुँदा देउवाले पाँच हजार तीन सय ८९ मत प्राप्त गरेका...

झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा । झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । The post झापा ५ मा ओलीको फराकिलो अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङ ५ मा एमालेका ‘बागी’ मण्डलले लिए फराकिलो अग्रता

मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले फराकिलो अग्रता लिएका छन्।  निर्वाचन कार्यालयका अनुसार एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्रले १३ सय मत प्राप्त गरेका छन्।  एमालेको गठबन्धनबाट उम्मेदवारी दिएका...

ललितपुर–१ मा सिलवालको फराकिलो अग्रता

ललितपुर–१ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार सिलवालले २ हजार ९४३ मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उदयशमशेर राणाले १ हजार ६८० मत ल्याएका छन् ।

साफ महिला च्याम्पियनसिप: पहिलो हाफमै बंगलादेशको फराकिलो अग्रता

काठमाडाैँ- दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशले पहिलो हाफमा नै भुटानविरुद्ध फराकिलो अग्रता बनाएको छ। भुटानविरुद्ध एकतर्फी अग्रता बनाउने क्रममा बंगलादेशले पहिलो हाफमा नै ४-० ले अग्रता बनाएको थियो। बंगलादेशका लागि जहान सोप्नाले दोस्रो मिनेटमा नै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले मोनीका चक्माको पासलाई सदुपयोग गर्दै टिमलाई सुरवातमा नै अग्रता दिलाएकी हुन्। दोस्रो […]

इंग्ल्यान्डविरुद्ध भारतको फराकिलो अग्रता

एजेन्सी – भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डसँगको खेलमा फराकिलो अग्रता लिएको छ । भारतले २ सय ५७ रनले अग्रता लिँदै विशाल योगफलतर्फ अघि बढेको छ । भारत दोस्रो इनिङमा ४५ ओभरमा १२५–३ को अवस्थामा तेस्रो दिनकोा खेल सकिएको छ । पहिलो इनिङमा १ सय ३२ रनले अघि भएपछि फराकिलो अग्रता पाएको हो । […]

ललितपुरमा चिरीबाबुको फराकिलो अग्रता

काठमाडौं । ललितपुरमा महानगरमा कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारमाथि फराकिलो अग्रता लिनुभएको छ । ९ हजार ६९६ मतको अग्रता बनाउनुभएका महर्जनको २२ हजार ८२० मत हुँदा ब्यञ्जनकारको १३ हजार १२४ मत छ । उपमेयरमा एमालेकी मन्जली शाक्यको अग्रता छ । उहाँको ११ हजार ९६५ मत र माओवादीका बाबुराज बज्रचार्यको ८ हजार ४२६ […]

बालेनको फराकिलो अग्रता यथावत्

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १६ हजार ७७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले केशव स्थापितले ८८४५ मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंह ८ हजार ६१ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।