धनराज गुरुङको फराकिलो अग्रता

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको  मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् ।गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ल्याएकी छन् । यता, २(१) प्रदेश तर्फ कांग्रेसका भोजराज अर्यालले  १० हजार २४ मत ल्याउँदा एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २८६ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन्।