बालेनको फराकिलो अग्रता यथावत्

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १६ हजार ७७४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले केशव स्थापितले ८८४५ मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंह ८ हजार ६१ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।