डडेल्धुरामा देउवाको फराकिलो अग्रता, ६५६ मत बदर

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले फराकिलो अग्रता कायम गरेका छन् । १० हजार तीन सय ७८ मत गणना हुँदा देउवाले पाँच हजार तीन सय ८९ मत प्राप्त गरेका...

सम्बन्धित सामग्री

कैलाली–३ मा नागरिक उनमुक्तिको फराकिलो अग्रता, माओवादी पछिपछि

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ५५४०२ मत गणना भएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीको २०२३४ मत छ। नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १४९४६, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ८२६९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बहादुर बमको ६६२९ मत छ। ३५५० मत बदर भएका छन्।

ललितपुरमा अग्रता फराकिलो बनाउँदै काँग्रेस

ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २ सय मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ११० मत ल्याउँदा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् ।उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् । २०० मतमध्ये ३ मत बदर भएको छ ।