निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आयोगको आग्रह

काठमाडौं: निर्वाचन आयोगले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न आग्रह गर्दै निर्वाचन सम्पन्न गर्न सबै प्रकारका तयारी लगभग अन्तिम चरणमा पुगेको स्पष्ट गरेको छ। तयारीका सिलसिलामा आज शुक्रबारसम्म १ करोड २८ लाख मतपत्र छापिइसकेको पनि आयोगका पदाधिकारीले केही सञ्चार माध्यमका सम्पादकहरूसँग बताए। सम्पादकहरूसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका साथै सबै आयुक्त एवं आयोगका सम्बन्धित विभागीय कर्मचारी सहभागी थिए।निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्ने भएको छ। मूलधारका संचारमाध्यम