काठमाडौं (अस) । आइएमई ग्रुपको आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।
सम्झौतामा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका साझेदार प्रमुख अरुण फुयालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट भौचरका साथै प्रयोगकर्तालाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत ३५० र ५०० रुपैयाँसम्मको छुट दराजको होम पेजबाट दिइनेछ ।
कार्यक्रममा आइएमई पेका सहायक महाप्रवन्धक बस्नेतले यसअघि पनि कम्पनी दराजको भुक्तानी पार्टनर रहिसकेकाले सम्झौतापछि पुराना साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्ने बताए ।
दराजका भुक्तानी तथा साझेदारी प्रमुख फुयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीलाई थप सहज हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सकिने जानकारी दिए ।